मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
३३ लाख भन्दा बढी रकम कुम्ल्याएर सम्पर्क विहीन

काठमाडौँ । मेगा केवल नेटका सञ्चालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रकम कुम्ल्याएर सम्पर्कविहीन भएका छन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ रकम लिई उनी सम्पर्कमा नआएका हुन् ।
पौडेल सम्पर्कमै आउन नचाहेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा मेगा केवलका अन्य सञ्चालकहरु छन् । तर, सोमबार पौडेलविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुुमा उजुरी समेत परिसकेको छ ।
संस्थामा रकम फिर्ता गर्न नआएपछि ताकेता स्वरुप केवलको तर्फबाट विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनमा समेत पौडेलको नाममा सूचना प्रकाशन भएको छ ।
हेर्नुहोस् सूचना
उनीविरुद्ध परेको उजुरीमा संस्थाको पैसा अनाधिकृत रुपमा लिएर उल्टै कार्यालयका कर्मचारीहरुलाई अनावश्यक रुपमा धम्क्याउने, गालीगलौज गर्ने, आफुले भनेजस्तो गर्न दवाव दिने जस्ता दुस्कर्म गरेको पौडेलका एक पार्टनरले बताए ।
उजुरीमा निज पौडेलले गैरकानूनी रुपमा लिएको रकम फिर्ता गर्नुको सट्टा उल्टै एक प्रतिष्ठित कम्पनीको रुपमा विकसित भइरहेको संस्थालाई डुबाउने खेल खेलेकाले आवश्यक कानूनी कारवाही गर्न माग गर्दै उजुरी परेको बालाजु वृत्तले जनाएको छ ।
पौडेलविरुद्ध अनाधिकृत रुपमा लिएको नगदी भौचरको सक्कल समेत प्रमाणको रुपमा पेश गरिएको कम्पनीको दावी छ ।
४ वर्ष अगाडि नागार्जुन केवल नेटवर्कका मालिक समेत रहेका पौडेलले संस्थामा रहँदा बिना छलफल नयाँ शेयर होल्डर ल्याउने, पुरानालाई निकाल्ने तथा सञ्चालकहरुलाई अनावश्यक रुपमा धाकधम्की दिने गरेको उनकै पार्टनर मनहरी अर्याल बताउँछन् ।
पौडेल सुरुमा नागार्जुन केवल नेटवर्क प्रा.लि. का सञ्चालक हुन् । नागार्जुन केवललाई उनले मेघा केवलसँग मर्ज गरेका थिए ।
नागार्जुनमा रहँदा पौडेलले ठूलो रकम आर्थिक हिनामिना समेत गरेका थिए । पौडेलमाथि नागाजुर्नमा देखाएको हर्कत मेगामा पनि देखाउन खोजेको आरोप लाग्न थालेको छ । नागार्जुन केवलबाट एक्लिएपछि मेगामा पौडेलले अनावश्यक रुपमा दुःख दिने र संस्थालाई नै डुबाउने हर्कत देखाउन थालेको अर्यालको भनाइ छ ।
स्रोतका अनुसार पौडेलले मेगा केवल नेटका सबै सञ्चालकहरुलाई अनावश्यक रुपमा धम्क्याएको आरोप छ ।
यसो भन्छन् मेगाका सञ्चालक बद्री
पौडेललाई हामीलाई कुनै अत्याचार गरेका छैनौं । उहाँले आफ्नो सेयरको भनेजति मुल्य नदिएको निहुँमा विभिन्न मिडियामा गएर कम्पनीको मानमर्यादामा आँच उठाउने काम गरेका छन् । केवलका कुराहरु अरु संस्थामा लगेर चरित्रहत्या गर्ने खालको काम पौडेलले गरेका छन् ।
उल्टो हामीलाई नराम्रो बनाएर आफ्नो कर्तुत ढाकछोप गर्न पौडेलले आफू निकटका मिडियाहरुलाई प्रयोग गरेका हुन् । ५ लाख ६२ हजार ५ सय सेयर रहेका पौडेलले ३० लाख दावी समेत गरे । ३० लाख नपाएपछि पौडेल आफै अन्य सञ्चालकहरुविरुद्ध उजुरी हाल्न भन्दै प्रहरी कार्यालय समेत धाए । त्यसपछि प्रहरीले हामीलाई कार्यालय आउन आग्रह गर्यो ।
प्रहरीको आग्रहपश्चात प्रहरी कार्यालय गयौं । त्यहाँ पनि पौडेलले ३० लाख मागे । प्रहरीकै सामू मागेजति पैसा नदिए देखाइदिन्छु भन्दै हामीलाई धम्क्याए । प्रहरीले समेत तपाईंहरु आफैं मिल्नुस्, यो हामीले हेर्ने केस होइन भन्दै फर्काएपछि पौडेल विभिन्न मिडिया पुग्न थालेका हुन् ।
सबै सञ्चालकहरुलाई सोध्दा समेत थाहा हुने कुरा हो ।
मिडियाको आडमा हामीले होइन, पौडेलले अनेक धन्दा गर्दै आइरहेका छन् ।
उनले मिटरब्याजमा पैसा लगानी गर्ने काम समेत गरेको खबर प्राप्त भएको छ । पौडेलले पटकटक गर्दै संस्थाको ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ चलाएका छन् ।
पैसा फिर्ता गर्नुको सट्टा उल्टो मलाई नराम्रो बनाउने नियतले समाचारहरु बाहिर ल्याउन मिडियाहाउसमा नै धाउने गरेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #मेगा केवल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्