कर्णाली बन्द गराउदै गरेका बिप्लब कार्यकर्ता पक्राउ
नेपाल कम्युनिस्ट पार्टीले आज कर्णाली बन्दको आह्वान गरेको छ ।
शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर हवाई फायरिंग र नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा आज कर्णाली बन्दको घोषणा गरेको सो पार्टीका कर्णाली ब्यूरो इन्चार्ज एटम बिसीले बताउनु भयो ।
बन्दका कारण कर्णालीका रुकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला,कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाको जनजिवन बिहानैबाट प्रभावित बनेको छ ।
यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था पनि बन्द छन् ।
पार्टीको ‘एकीकृत जनजागरण अभियान’ को सिलसिलमा आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर सरकारले फासिवादी हरकत गरेको भन्दै त्यसको विरुद्ध बन्दको आह्वान गरेको इन्चार्ज बिसीले बताउनु भयो ।
साँस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरीले शनिवार हवाई फायर गर्नुको साथै अश्रुग्याँस प्रहार गरेको बिसिले बताउनु भयो । प्रहरीले पार्टीका मुगु इन्चार्जसहित आधा दर्जन नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #बिप्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्