सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ विकल्पमा सडक निर्माण शुरु
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ ।
उक्त सडकको विकल्पमा प्रदेश नं ५ को सरकारले पाल्पाको झुम्सादेखि रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ स्थित चरङ्गेसम्म सडक निर्माणका लागि पहिलो चरणमा मार्ग खोल्ने काम सम्पन्न भएको छ ।
बारम्बार पहिरो खसेर जोखिमयुक्त बनेको बुटवल–दोभान शिद्धबाबा सडकको विकल्पमा पाल्पाको झुम्साबाट रुपन्देहीको सीमा क्षेत्र चौकीभञ्ज्याङ हुँदै चरङ्गेसम्मको २१ किलोमिटर सडकलाई विकल्पका रुपमा निर्माण कार्य अघि बढाइएको छ ।
संघीय सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिद्धबाबाखण्डमा सुरुङ मार्ग बनाउने घोषणा गरेपछि प्रदेश सरकारले वैकल्पिक सडक निर्माणका लागि यो योजना अघि बढाउन थालेको हो । निर्माणाधीन वैकल्पिक सडकखण्डको शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल र भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीसहितको टोलीले निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा उक्त सडक क्षेत्रमा पर्ने चौकीभञ्ज्याङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोखिमयुक्त राजमार्गको विकल्पमा प्रदेश सरकारले झुम्सा–चरङ्गे सडकलाई पहिलो प्राथमिकतामा राखेर यस आवमा रु १० करोड विनियोजन गरेको बताउनुभयो । उहाँले विकास भनेकै जनताको सहभागितामा सम्पन्न हुने भएकाले यो योजना सम्पन्न गर्न पनि जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
यस क्षेत्रमा प्रशस्त मात्रामा रहेका चुनढुंगा खानीबाट उत्पादन हुने कच्चा पदार्थ ढुवानीका लागि यो सडक प्रयोग गर्न उपयुक्त हुने उहाँले बताउनुभयो ।
त्यस अवसरमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले यो सडकलाई वैकल्पिक सडकमात्र नभई नियमित सवारी साधन सञ्चालन गर्ने गरी दुई लेनको सडक बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिनुभयो ।
उहाँले झुम्सा–चरङ्गे सडकलाई प्रदेश सरकारको कार्य कुशलता र क्षमता देखाउने गरी ‘रोल मोडल रोड’ बनाउने लक्ष्य रहेको समेत बताउँदै सडक बनाउन बजेटको कुनै अभाव नहुने बताउनुभयो ।
बुटवल–झुम्साको दूरी नौ किलोमिटरमात्र भए पनि सिद्धबाबाखण्डमा वर्षेनी खस्ने पहिरोका कारण हुने जनधनको क्षतिका कारण जोखिम न्यूनीकरणका लागि झुम्सा–चरङ्गे सडकलाई उपयुक्त विकल्पका रुपमा लिई जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा तानसेन नगरपालिका, तिनाउ, वगनासकाली र रिब्दीकोट गाउँपालिकाका तथा रुपन्देहीको देवदह नगरपालिकाको करीब रु एक करोड लगानीमा पाँच किलोमिटर मार्ग खोलिएको तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले जानकारी गराउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #बुटवल, #सिद्धबाबा क्षेत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्