टोखामा मनोरथ तिर्थ जोड्ने पक्की पुल निर्माण सम्पन्न ,मेयर अधिकारीले गरे उद्घाटन
शालिकराम लामिछाने
काठमाडौं । टोखा नगरपालिकाको वडा नं. ८ र ११ जोड्ने मनोरथ तिर्थ स्थलमा रहेको पक्की पुल उद्घाटन भएको छ । आज बिहान टोखा नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुको सहभागितामा पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त पुलको टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले उद्घाटन गरेका हुन।
छोटो समयमै टोखा नगरपालिकाको ठूलो र गौरव योजनाको रुपमा तयार भएको पुलमा अव यातायातका साधन चलाउन सकिनेछ । २०७६ असार ७ गते शिलान्यास भई २०७७ असार २३ अगाडी नै पुल निर्माण सम्पन्न भएको थियो । कोरोना महामारीको संकटमा पनि पुल निर्माणकार्यले तिव्रता स्वरूप सम्पन्न गरेको छ ।
३ करोड २३ लाख ३६ हजार ६७२ रुपैयाको लागतमा निर्माण गरिएको सो पुलको उदघाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल ,प्रमुख प्रशाशकिय अधिकृत प्रदिप पौडेल सहित जनप्रतिनिधि तथा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।
यस कार्यलाई समयमै सम्पन्न गर्ने ANS/K.M./JBNS-JV कम्पनीलाई नगर प्रमुख प्रकाश अधिकारीले धन्यवाद प्रकट गरेका छन् । पुल निर्माणको लागि टोखा नगरपालिकाले २०७६ जेठ ३० गते ANS/K.M./JBNS-JV कम्पनीसँग भ्याटसहित रु. ३,२३,३६,६७२.८९ /- रकमको योजनामा पक्की पुल निर्माण गरिएको छ । १५ मिटर लम्वाई, ७ मिटर चौडाई भएको पक्की पुल निर्माण भई सञ्चालनमा आएको छ ।






क्याटेगोरी : विशेष
ट्याग : #टोखामा मनोरथ तिर्थ जोड्ने पक्की पुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्