दुईटी श्रीमती भएका वडाध्यक्ष परस्त्रीसँग यौनकार्यमा संलग्न
बझाङ । दुई वटी श्रीमती हुँदाहुँदै परस्त्रीसँग लागेका अध्यक्षलाई वडा कार्यालयमै आपत्तिजनक अवस्थामा स्थानीयले समातेका छन् ।आफ्नै वडा कार्यालयमा परस्त्रीसँग यौन क्रियाकलाप गरिरहेको फेला पारेपछि स्थानीयले हातखुट्टा बाँधेर प्रहरीलाई बुझाएका छन् । यसरी नाङ्गै बाँधेर ल्याइएका वडाध्यक्ष बझाङको तल्कोट गाउँपालिका–३ का भरत बोहरा हुन् । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष बोहरा र ती महिलालाई वडा कार्यालयबाट समातेर जीपमा १८ किमि टाढाको जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।
अघिल्लो शनिबार राति १ बजेतिर वडाध्यक्ष र सोही वडाले सञ्चालन गरेको सिलाइ–कटाइ तालिमकी प्रशिक्षक छबिसपाथिभेरा गाउँपालिका झुटेराकी सुनिता राना (नाम परिवर्तन)लाई वडा कार्यालयभित्र आपत्तिजनक अवस्थामा फेला पारिएको थियो ।
दुवै जनालाई हातगोडा बाँधेको अवस्थामा सुनिताका श्रीमानसहित १० जनाले राति २ बजे प्रहरी कार्यालयमा पुर्याएका हुन् । उनीहरू वडा कार्यालयको कोठाभित्र सुतिरहेका बेला स्थानीयले बाहिरबाट चुकुल बन्द गरी सुनिताका श्रीमानलाई फोन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी गणेश बमले सहमतिमै शारीरिक सम्बन्ध भएको हुनाले यो विषयमा कुनै मुद्दा नचलाउने बताउँदै मिल्न दबाब दिएका थिए । यसपछि महिलाका श्रीमान बालकृष्ण रानालाई ५ लाख नगद दिने शर्तमा वडाध्यक्षले कुरो मिलाए । तत्काल २ लाख ५० हजार दिए पनि बाँकी पछि भन्दै सहमति गरेर प्रहरी कार्यालयबाट छुटेका थिए ।
यद्यपि, अहिलेसम्म पनि बाँकी रकम नदिएको बालकृष्णले बताउँदै आएका छन् । उनले अहिले वडाध्यक्षले बाँकी रकम दिन आलटाल गरिरहेको भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् । ‘मेरो घरबार बिगार्ने, भनेको रकम पनि नदिनेलाई मौका पर्दा जानेको छु’, स्टाटसमा यस्तो लेखिएको छ ।
वडाध्यक्षसँगै समातिएकी महिला अहिले माइतीमा बसिरहेकी छन् । बालकृष्णले यसअघि पनि परपुरुषसँग सम्पर्क गरेको धेरै पटक भेटेको भन्दै अब सम्बन्धविच्छेद गर्ने र घरमा नल्याउने बताउँदै आएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #वडाध्यक्ष परस्त्रीसँग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्