नेकपाका नेता यादवमाथि बम प्रहार
जनकपुरधाम । सिरहाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवर्ण यादवमाथि बम प्रहार हुँदा गम्भीर घाइते हुनुभएको छ । पूर्वगाविस अध्यक्षसमेत रहनु भएका यादवमाथि शुक्रबार राति मध्यरातमा बम प्रहार भएको हो ।
औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला यादवमाथि अज्ञात समूहले बम प्रहार गरेको बताइएको छ ।
उहाँको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ । बेहोस् हुनु भएका उहाँलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको प्रहरीले जानकारी दिएको छ ।
बम विस्फोटले घरमा भने क्षति पुर्याएको छैन । छर्रा लागेर यादव कोठामै बेहोस् भएपछि बम प्रहार गर्नेलाई चिन्न सकिएको छैन ।
प्रहरीले पनि बम कसले प्रहार गरेको विषयमा केही खुल्न नसकेका जनाएको छ । प्रहरी चौकी औरहीले घटना विषयमा छानबिन सुरु गरिएको बताएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नेकपाका नेता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्