विद्युत् महसुल दर न्यूनतम १० युनिटसम्म खपत गर्ने ग्राहस्थ ग्राहकलाई इनर्जी शुल्क निःशुल्क
विद्युत् नियमन आयोगले नयाँ विद्युत् महसुल दर प्रस्ताव गरेसँगै मासिक न्यूनतम १० युनिटसम्म खपत गर्ने ग्राहस्थ ग्राहकलाई इनर्जी शुल्क निःशुल्क भएको छ । दश युनिटभन्दा माथि खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत् महसुल अधिकतम १० प्रतिशतसम्म घटाइएको छ । डेडिकेटेड र ट्रङ्क लाइनको महशुल खारेज गरिएको छ ।
औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकको करिब ६५ प्रतिशतसम्म महशुल कम हुनेछ । सामुदायिक खानेपानी र सिँचाइ वर्गका ग्राहकको डिमाण्ड शुल्क पूर्णरुपले हटाइएको छ भने सामुदायिक खानेपानी ग्राहकको इनर्जी शुल्क पाँच रुपैयाँ २० पैसाबाट चार रुपैयाँ २० कायम गरिएको छ । ११ केभीका सामुदायिक खानेपानी ग्राहकको महशुल रातिको समयमा तीन रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
यसबाट औशत खानेपानी ग्राहकको महशुल ४० देखि ५० प्रतिशत कम हुने बताइएको छ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनको महशुल अत्यन्त सस्तो कायम गरिएको छ । राति ९११ देखि बिहान ५ बजेसम्म०का लागि ११ केभीको इनर्जी शुल्क चार रुपैयाँ २० पैसा कायम गरिएको छ ।
यसबाट विद्युतीय सवारी साधनको प्रतिकिलोमिटर विद्युत् खर्च पेट्रोल गाडीको भन्दा १० गुणा कम हुनेछ । यस्तै सामुदायिक थोक ग्राहकको २० युनिटसम्मको इनर्जी शुल्क ४ रुपैयाँ २५ पैसाबाट तीन रुपैयाँ अर्थात ३१ प्रतिशतले कम कायम गरिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नयाँ विद्युत् महसुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्