मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा
मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन गरेका हुन् ।
उनीहरुले आजबाट आन्दोलन शुरु गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको यस अघिको इटालियन ठेकेदार कम्पनी (सिएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सिएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदूर र स्थानीय ठेकेदार लामो समयदेखि आन्दोलनमा छन् । –कोभिड १९को महामारीको बेला २५ जना भन्दा बढी भिड गरी लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीेले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले आयोजना पीडित उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरी तीन जना सप्लार्यस र दुई जना मजदूर गरी पाँच जनालाई नियन्त्रणमा लिएको हो । लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदा पनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरुले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपूर्ण व्यवहारका कारण पीडितहरुले बाँकी रकम भुक्तानीको एक सुत्रीय माग गर्दै आन्दोलन पुनः सुचारु गरेका हुन् ।
स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदूर र स्थानीय आपूर्तिकर्ताले रु एक अर्ब ६७ करोड लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #मेलम्ची खानेपानी आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्