नेपाल मानवअधिकार संगठनको टोलि रुकुम पुग्यो ,घटनाको सत्यतथ्य छानबिन गरि छिट्टै प्रतिवेदन तयार पारीने
रुकुम पश्चिम । चौरजहारी नगरपालिका ८ सोतिमा जेठ १० गते भएको सोती घटनाको सत्य तथ्य र निष्पक्ष छानविन स्थलगत अनुगमन र अनुसन्धानका लागि नेपाल मानवअधिकार संगठनको एक टोलि रुकुम पश्चिम चौरजहारी र जाजरकोटमा पुगेको छ ।
नेपाल मानवअधिकार संगठनका अध्यक्ष श्री महामुनिश्वर आचार्यका नेतृत्वमा पुगेको उक्त टोलीले तेहाँको सिडियो कार्यलय, प्रहरी चौकी लगायतका स्थलहरुमा सोधपुछ र निष्पक्ष छानवीनको माग गरेको छ।
संगठनले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी सार्बजनिक गर्ने तयारी समेत गरेको बताएको छ । छानविनको क्रममा “हामीले मृतक पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी, दुवै जिल्लाका सुरक्षा निकाय, पत्रकारलगायतहरुसँग छलफल गरी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको
मानवअधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले साझापानालाई बताए ।
मानवअधिकारको गम्भीर उलङ्धन भएको यस घटनाका दोषीलाई कार्वाहीको दायरामा ल्याउने प्रयास स्वरुप संगठनले आफैं अनुसन्धान सुरुवात गरेकोे हो।



क्याटेगोरी : विशेष
ट्याग : #नेपाल मानवअधिकार संगठन, #महामुनिश्वर आचार्य, #रुकुम
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्