काठमाडौं । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामका लागि छुटेको ‘सरयू–कमला एक्सप्रेस’ रेल जनकपुरधाम आइपुगेको छ ।
सोमबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए।
उद्घाटन लगत्तै १२:३० बजे अयोध्याधामबाट रेल जनकपुरधामका लागि प्रस्थान गरेकामा मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो।
रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरिएको थियो। रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका छन्।
