नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूविरूद्ध लेखिएका टिप्पणी तथा गालीगलौजलाई सार्वजनिक गर्न ‘अपरेसन ऐना’ अभियान सुरू गरेको छ।
पार्टीका नेताहरूलाई लक्ष्य गरी लेखिएका गालीगलौजपूर्ण अभिव्यक्ति र ती पोस्ट गर्ने प्रयोगकर्ताका तस्बिरसमेत एमालेले सार्वजनिक गर्न थालेको छ।
एमालेविरूद्ध भ्रम फैलाउने, नियोजित रूपमा दुष्प्रचार गर्ने तथा सामाजिक असहिष्णुता बढाउने गतिविधि भइरहेको पाइएपछि त्यसको जवाफस्वरूप ‘अपरेसन ऐना’ अभियान सुरू गरेको पार्टीले जनाएको छ।
यस अभियानमार्फत एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्ष्य गरी लेखिने अभिव्यक्तिमाथि निगरानी भइरहेको सन्देशसमेत दिएको छ।
