Techie IT

समाचार

देउवा समूहले पनि पदाधिकारीको संख्या बढाउने, महाधिवेशन खुल्लामञ्चमा गर्ने

देउवा समूहले पनि पदाधिकारीको संख्या बढाउने, महाधिवेशन खुल्लामञ्चमा गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि पार्टीका पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। समानान्तर महाधिवेशनका लागि गठित विधान मस्यौदा समितिले पदाधिकारी संख्या वृद्धि गर्ने प्रस्तावसहितको मस्यौदा तयार पारेको हो।

समितिले तयार पारेको मस्यौदामाथि चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी बैठकले अन्तिम निर्णय गर्ने तयारी गरेको एक नेताले जानकारी दिए।

उनका अनुसार पार्टीभित्र सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्न पदाधिकारीको संख्या बढाउनुपर्ने सुझाव आएको छ। सोही सुझावका आधारमा विधान मस्यौदा तयार पारिएको हो।

‘सबैको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि पदाधिकारीको संख्या बढाउनुपर्छ भन्ने सुझाव तलबाट पनि आएको छ। त्यहीअनुसार मस्यौदा समितिले तयार पारेको हो,’ ती नेताले भने।

कुन पदको संख्या कति बढाउने भन्ने विषयमा आजको बैठकले निर्णय गर्न सक्ने उनले बताए।

यसअघि गगन थापा नेतृत्वको संस्थापन पक्षले पनि विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको थियो।

यसैबीच, इतर समूहको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने भएको छ। चुनदेवीमा जारी बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका छन्।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्