Techie IT
सोमबार, वैशाख २२,२०८२

नेकपा एमालेको अहिले मध्यपहाडी लोकमार्ग यात्रा चलिरहेको छ ।


नेकपा एमालेको अहिले मध्यपहाडी लोकमार्ग यात्रा चलिरहेको छ । १४ मंसिरमा बैतडीको झलाघाटबाट सुरु भएको यात्रा १९ औँ दिन पाँचथरको चिवा भञ्ज्याङ पुगेर सकिनेछ । यात्राको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीसहितको एमाले नेताहरूको टोली अछाम पुग्यो । अछामको मंगलसेनमा आयोजित सभालाई ओलीले सम्बोधन गरे ।

ओलीले यात्रा अछाम पुगेपछि तेस्रो दिनको यात्रा शहीद बाँकावीरप्रति समर्पित गरेका छन् । ओलीले यसअघि पनि बाँकावीर नेपालको पहिलो शहीद भएको दाबी गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545