प्रतिनिधि सभाको बैठक बस्दै, के-के छन् आजका कार्यसूची ?

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धि पत्रहरु र संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि गएराति नेपाल आइपुगेका हुन्। उनले भ्रमणको आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्दैछन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट हुनेछ। महासचिव गुटेरेसले मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
पाण्डेयका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक- २०८०, भन्सार विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।
यसैगरी परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिमस्टेक वडापत्र (बिमस्टेक चार्टर) अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ
क्याटेगोरी : bannernews, ब्रेकिंग न्युज, राजनीति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्