दाहाल, देउवा र कोइरालाबिच लिखित सहमति: सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णय विपरित सरकार बनेपछि गठबन्धनलाई झट्का लागेको छ ।
शनिबार गठबन्धनको निर्णय विपरित नेता शेखर कोइराला समुहका कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनका नेताहरुलाई झट्का लागको हो ।
सत्तागठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबाहादुर आङबो मुख्यमन्त्रीको दाबेदार थिए । तर, कांग्रेसका बिद्रोही ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएपछि सत्ता गठबन्धनलाई नराम्रो झट्का लागेको हो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल , कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन धरापमा पर्ने आशंका गर्दे नेता कोइरालासँग शनिबार बिहान सहमति गरेका छन् । नेताबीच गठबन्धनलाई अझै बलियो बनाउने बिषयमा लिखित सहमति भएको हो ।
सहमतिमा सबैजना सत्ता गठबन्धनप्रति दृढ ,स्पष्ट रहेको र गठबन्धनलाई कमजोर हुन नदिने उल्लेख गर्दे हस्ताक्षर गरीएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्