बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

बागलुङ । बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गर्नुभएको छ । थापाले १३ हजार आठ सय ८४ मत ल्याउनुभएको छ भने केसीले १२ हजार चार सय पाँच मत ल्याउनुभएको छ ।
बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी हुनुभएको छ । सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५ मतान्तरले पराजित गर्नुभएको छ । सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याउनुभएको छ । पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँ कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत हुनुहुन्थ्यो ।
बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी हुनुभएको छ । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गर्नुभएको हो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बन्नुभएको थियो ।
बागलुङ–२(२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार सात सय ३७ मतान्तरले पराजित गर्नुभएको हो । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ सय ७१ मत ल्याउनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #काँग्रेस, #बागलुङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्