भत्कियो सत्तारुढ गठबन्धन ! राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरियो
काठमाडौं । सत्तारुढ गठबन्धनले अगाडि बढाएको नागरिकता विधेयकले राष्ट्रिय हितमा धक्का लाग्ने भनेर आलोचना भइरहेका बेला राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनबाट बाहिरिएको देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आक्रोशित सत्तारुढ गठबन्धनको विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका नेताहरूको हस्ताक्षर छैन ।
बुधवार दिउँसो जारी संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । तर राष्ट्रिय जनमोर्चा अलग बसेको छ ।
राष्ट्रिय जनमोर्चा राष्ट्रवादी अडान राख्दै आएको छ । उसले एमसीसीको समेत विरोध गर्दै आएको थियो तर सत्तारुढ गठबन्धनले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गरेको थियो ।
विज्ञप्तिमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको उल्लेख छ । संविधानमा तोकिएको समयभित्र विधेयक प्रमाणीकरण नभएपछि बुधवार दिउँसो विज्ञप्ति जारी गर्दै नेताहरूले राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन आह्वान समेत गरेका छन् ।
राष्ट्रवादी शक्तिहरूले भने नागरिकता जस्तो सार्वभौमसत्तासँग जोडिएको विषयलाई हलुका रूपमा लिन नहुने भन्दै राष्ट्रपतिको कदमको स्वागत गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #भत्कियो सत्तारुढ गठबन्धन ! राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरियो, #राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्