नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता: केपी आली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आलीले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन् । उनले कांग्रेस अब लोकतान्त्रिक पार्टी नरहेको बताउँदै कांग्रेसले लोकतान्त्रिक पार्टी भन्नु बेक्कार रहेको तर्क गरे ।
पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नीति, आचरण, सिद्धान्त, विचार, व्यवहार लगाएत कुनै पनि विषयमा लोकतान्त्रिक नरहेको आरोप लगाए ।
“कांग्रेस अब कहीँ कतैको लोकतान्त्रिक पार्टी रहेन् । कांग्रेसले लोकतान्त्रिक पार्टी हुँ भन्नु बेकार छ । कांग्रेस लोकतान्त्रिक रहेन् । कांग्रेस प्रचण्डको कार्यकर्ता हो ।”
अध्यक्ष ओलीले कांग्रेसले ईतिहासमा पनि ठूलाठूला अलोकतान्त्रिक गतिविधि गरेको बताए । उनले आगामी निर्वाचनमा एमालेले विजयी हासिल गर्नु स्वयं एमालेको मात्र नभई देशको लागि रहेको दाबी गरे । एमालेले जिते मात्रै देशले जित्ने ओलीको धारणा छ ।।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा आली, #नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्