सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता : विश्वप्रकाश शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताउनुभएको छ । डेमोक्रेटिक लयर्स एशोसिएशन झापाको आइतबार चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भन्नुभयो, “राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।” उहाँले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको औँल्याउनुभयो ।
आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका ठूला आयोजना सञ्चालन गर्न नसकिने बताउँदै महामन्त्री शर्माले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको उल्लेख गर्नुभयो । “मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देश बनाउन एमसिसी स्वीकार गरिएको हो”, उहाँले भन्नुभयो, “अमेरिका र चीनको अन्तर्द्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेका छन् ।”
मुलुकले तीव्र विकासको मार्गमा अघि बढ्न नसक्नुको कारण राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति रहेको उहाँको भनाइ छ । विकास आयोजनाको वास्तविकता नबुझी दलका नेतृत्व लिएका नेताहरूले सबै थोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र पर्ने गरेको उहाँले बताउनुभयो । देशको प्रगतिका लागि कम्तीमा १५ वर्षे योजना बनाएर काम गर्न सके मात्र मुलुक अर्काको सहयोगमा चल्नु अवस्थाको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विश्वप्रकाश शर्मा, #सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्