‘दूषित गठबन्धनलाई संसदीय मूल्य–मान्यताको कुनै मतलव छैन’: उपाध्यक्ष नेम्वाङ
बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले निर्वाचनको घोषणा सुटुक्क र छापामार शैलीमा गरेको बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षी एमालेसँग कुनै छलफल नगरी निर्वाचनको मिति घोषणा गरेर सरकारले न्युनतम व्यवहार पनि नदेखाएको उहाँले बताउनुभयो ।
बिहीबार बुटवलमा प्रेस चौतारी रूपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष नेम्वाङले सत्ता गठबन्धनबाट यस्तो असहिष्णु व्यवहारका बाबजुद निर्वाचन घोषणाको पार्टीले स्वागत गरेको बताउनुभयो ।
संविधान सभाका अध्यक्ष समेत रहनुभएका नेम्वाङले भन्नुभयो–
‘अहिलेको सत्ता गठबन्धन संसदीय मूल्य र मान्यता विपरीतको दूषित गठबन्धन भएको र यसलाई संसदीय प्रणालीका मूल्य र मान्यताबारे कुनै मतलव छैन ।’
‘प्रमुख प्रतिपक्षी दल भइरहँदा अहिले पनि सबैभन्दा धेरै मत प्राप्त गरेर देशको ठूलो दल एमाले हो, प्रमुख प्रतिपक्षी दल राज्यको अभिन्न अङ्ग पनि हुन्छ, निर्वाचनजस्तो महत्वपूर्ण विषयमा हामीसँग मात्र होइन अन्य दलहरूसँग पनि छलफल गरिनुपर्थ्यो ।
‘निर्वाचनको मिति घोषणा हुनुपर्थ्यो, भयो । राम्रो भयो, तर सरकारले विगतका निर्णयहरू जसरी सुटुक्क, छापामार शैलीमा गर्थ्यो अहिलेपनि त्यसैगरी निर्णय गर्यो’ नेता नेम्वाङले भन्नुभयो ।
उहाँले तोकिएको मितिमा निर्वाचन गर्न एमालेले सहयोग गर्ने उल्लेख गर्दै निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा समयमै निर्वाचन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
नेता नेम्वाङले सत्तागठबन्धन एमालेविरुद्ध जतिसुकै लागेपनि जनताले निर्वाचनमार्फत दूधको दूध, पानीको पानी छुट्याइदिने विश्वास व्यक्त गर्दै आफूहरू निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभयो ।
अहिलेको संवैधानिक व्यवस्थाअनुसार एकै दललाई प्रष्ट बहुमत ल्याउन समस्या हुने हुँदा गठबन्धन र तालमेलका लागि एमालेले सबै ढोका खुला राखेको तर अपवित्र गठबन्धन भने नगर्ने नेता नेम्वाङले बताउनुभयो ।
‘हामीले सबै ढोका खुला राखेका छौं, केही छलफलमा पनि आएका छन् तर हामी एकल रूपमै चुनावमा जाने तयारीका साथ हिंडेका छौं, अपवित्र गठबन्धन हुँदैन’– उहाँले भन्नुभयोे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #सुवासचन्द्र नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्