नेकपा एमाले वागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु
काठमाडौं। नेकपा (एमाले) वागमती प्रदेश स्तरीय वृहत भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
मंगलबार विहान ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला सुरु भएको हो । प्रशिक्षणमा केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा रहेका छन् भने मुख्य प्रशिक्षकको रुपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता काशीनाथ अधिकारीलगायत रहेका छन् ।
प्रशिक्षणमा वागमती प्रदेशभित्र कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरु (जिल्ला इन्चार्ज र सहइन्चार्ज), प्रदेश कमिटीका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, वागमती प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरु, सम्पूर्ण पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखहरु, सम्पूर्ण पालिकाका पार्टी कमिटीका अध्यक्षहरु, सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश भित्र कार्यक्षेत्र भएका मात्रै केन्द्रिय पदाधिकारीहरु, सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश कमिटीका अध्यक्षहरु, वागमती प्रदेशभित्र कार्यक्षेत्र भएका सम्पर्क समन्वय कमिटीका केन्द्रिय पदाधिकारीहरु,सम्पर्क मंच बाग्मती प्रदेश कमिटी पदाधिकारीहरु र जिल्ला अध्यक्षहरु र राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेश अन्तर्गतका जिल्लाहरुबाट सहभागी प्रतिनिधिहरु छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले वागमती प्रदेश संगठन कमिटी, #वागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्