जनप्रतिनिधि बीचको आन्तरिक सहमतिपछि तिलोत्तमा नगरपालिकाको नगरसभा सुरु
रुपन्देही । नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि बीचको आन्तरिक सहमतिपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रोकिएको नगरसभा सुरु भएको छ ।
दुई पक्षबीचको विवादले यहाँको नगरसभा रोकिनुको साथै बजेट पनि पास हुन सकेको थिएन । आइतबारको नगरसभामा सहभागी जनप्रतिनिधिलाई अभद्र व्यवहार गर्ने प्रहरी तथा प्रमुख कार्यकारी अधिकृतमाथि छानविन गर्ने र अन्य विवादित विषयमा समन्वय गरेर जाने सहमति भएको हो ।
नगरप्रमुख रामकृष्ण खाँड र उपप्रमुख जागेश्वरी चौधरीबीच विवादित विषयमा सहमति भएपछि सभा सुरु भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ।
कार्यपालिकामा बहुमत रहेको एमाले र नेतृत्वमा रहेका खाँडबीच निर्वाचित जनप्रतिनिधिबीच भएको असमझदारी हटाउने, न्यायिक समितिमा नेपाली काँग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समितिहरू गठन गर्ने विषय समावेश गर्ने सहमति भएको बताइएको छ।
यस्तै विवाद सिर्जना गराउने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको स्थानमा अर्को प्रमुख प्रशासकीय अधिकृत ल्याउने र जनप्रतिनिधिमाथि हातपात गर्ने र पोखरीमा फाल्ने प्रहरी अधिकृतलाई कारबाही प्रक्रिया अगाडि बढाउने लगायतका सहमति भएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #तिलोत्तमा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्