एमालेले वागमतीमा पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान चलाउने
काठमाडौँ । नेकपा (एमाले) वागमती प्रदेश संगठन कमिटीले पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान चलाउने भएको छ ।
शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा प्रदेश संगठन कमिटीको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
संगठनले साउनदेखि सुरु गरेर भदौ १५ गतेसम्म अभियान चलाउने छ । अभियानको शुरुवात साउन ४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंमा वृहत् प्रशिक्षण कार्यक्रमबाट हुने एमाले वागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले बताए ।
पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान वडा तहसम्म सञ्चालन गरिनेछ । साउन ७ देखि २० गतेसम्म जिल्लास्तरमा र त्यसपछि पालिका र वडातहमा अभियान केन्द्रित गर्ने तालिका प्रदेश कमिटी बैठकले बनाएको छ ।
मुलतः कार्यकर्ता केन्द्रित यो अभियानको उद्देश्य संगठनात्मकरूपमा अराजकता र अवसरवादबाट मुक्त गर्ने तथा पूर्ण गतिशील, वैचारिकरूपमा स्पष्ट, कार्यनीतिक मुद्दामा धारिलो र लक्ष्यप्रति संकल्पबद्ध पार्टीपङ्ती तयार पार्ने रहेको छ । प्रदेश कमिटीले सबै जिल्लाका लागि प्रशिक्षक पनि तोक्ने भएको छ ।
बाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ, पोलिटव्यूरो सदस्यहरू अरुण नेपाल, आनन्दप्रसाद पोखरेल र पार्वत गुरूङको उपस्थिति थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले वागमती प्रदेश संगठन कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्