बुढीगंगा नगरपालिकामा मेयर र उपमेयर दुवैमा एमालेको अग्रता
बिहीबार पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् ।
पाँच हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले एक हजार ७८९ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले तीन हजार २७९ मत पाएकी छन् भने कांग्रेसकी रीता शाहीले एक हजार ८५८ मत पाएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नगरपालिकाको पाँच वटा वडाको मतगणना सकिँदा चारवटा वडामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर १, २, ९ र १० को अध्यक्षमा एमालेका उम्मेदवार र वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४१६ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५८ मत पाएका छन् ।
त्यस्तै वडा नम्बर २ मा एमालेका पदमबहादुर भण्डारी ८३८ मत ल्याएर निर्वाचित हुदा कांग्रेसका नरबहादुर थापाले २३५ मत पाए ।
वडा नम्बर ९ मा एमालेका मीनबहादुर सिंह ४८२ मत ल्याएर निर्वाचित भ एभने नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापा २९३ मतसहित दोस्रो स्थानमा रहे ।
वडा नम्बर १० मा एमालेका दलबहादुर सावद ५४८ मत ल्याएर निर्वाचित भ एभने कांग्रेसका मोहनबहादुर बुढा ४९१ मतसहित दोस्रो स्थानमा रहे ।
वडा नम्बर ८ मा भने कांग्रेसका रमेशबहादुर रावल ३५९ मत ल्याएर निर्वाचित भएका छन् भने एमालेका विराज रावलले ३०१ मत पाएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #hot, #बुढीगंगा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्