एकीकृत समाजवादी: प्रतिवेदन १२ बुँदामा प्रस्तुत
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ ।
प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार आजदेखि दुई दिनसम्म सञ्चालित बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्य योजनासम्म समेटिएको छ । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।
प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ । प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ भने मूलतः संविधान लेखनमा सहकार्य गरेका दल संविधान कार्यान्वयनमा पनि एकताबद्ध हुनुपर्ने भनिएको छ ।
बैठकमा अध्यक्ष नेपालले नेकपा (एमाले) नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् भने एकीकृत समाजवादी समेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा व्याख्या गर्नुभएको छ । उहाँले ‘वाम–लोकतान्त्रिक धार’मा रहेका शक्तिको वर्गाधार र वर्ग चरित्र फरक रहेता पनि संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका लागि आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।
देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ ।
रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एकीकृत समाजवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्