सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठकमा प्रदेश सांसदहरुले बजेट संशोधन गर्नुपर्ने अडान राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको हो ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले संशोधन गर्नुपर्ने अडान राखेका छन् । यसअघि जेठ १२ गते सभामुख अर्जुनबहादुर थापाले बोलाएको बैठक बस्न नसकेपछि असार १६ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए
तर, प्रदेश सांसदहरुले बजेट संशोधनको अडान कायमै राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्