कर्मले कम्युनिस्ट सिद्धान्तमा अडिग रहेकाहरू एकजुट हुनुपर्ने : एमाले सचिव भट्टराई
अछाम । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले मुलुकलाई विकास, सुशासन, स्वाधीनता तथा समृद्धिको दिशामा अघि बढाउनु नै आजको आवश्यकता भएको बताउनु भएको छ । यसका लागि यस अघि नेकपा एमालेको नेतृत्वको सरकारले महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
अछाम सदरमुकाम मङ्गलसेनमा प्रेस चौतारी अछामले गरेको जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै उहाँले देशलाई स्वाधीन, आत्मनिर्भर, विकासको मार्गमा अघि बढाउने सिद्धान्त जननेता मदन भण्डारीले पहिल्यै अघि सार्नुभएको बताउनु भयो ।
जनताको बहुदलीय जनवाद मार्फत भण्डारीले कम्युनिस्ट आन्दोलनलाई नेपाली माटो सुहाउँदो बनाउने, अन्तर्राष्ट्रिय छवि उच्च बनाउने र विश्वकै ध्यान आकर्षित गर्ने काम गर्नुभएको बताउनु भयो ।
उहाँका सिद्धान्त र विचारलाई अघि बढाउन मन, वचन र कर्मले कम्युनिस्ट सिद्धान्तमा अडिग रहेकाहरू एकजुट हुनुपर्ने नेता भट्टराईको भनाइ छ ।
अहिलेको सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने काम गर्न उद्यत रहेको समेत उहाँको आरोप छ ।
नेकपा (एमाले) का सचिव, पार्टी स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख एवम् स्वास्थ्य तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका इन्चार्ज समेत रहनु भएका नेता भट्टराई, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष डाक्टर झलक शर्मा गौतम लगायतले आजै अछाम सदरमुकाम मङ्गलसेनमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ अछामले आयोजना गरेको वर्तमान समयमा जबजको सान्दर्भिकता विषयक प्रवचन कार्यक्रममा समेत सम्बोधन गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्