चर्को मूल्य वृद्धिविरुद्ध प्रमुख विपक्षी नेकपा एमालेले आफ्ना जनसंगठनलाई सडकमा उतार्ने
काठमाडौँ। सरकारले गरेको चर्को मूल्य वृद्धिविरुद्ध प्रमुख विपक्षी नेकपा एमालेले आफ्ना जनसंगठनलाई सडकमा उतार्ने निर्णय गरेको छ ।
अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दालाई लिएर एमाले जनसंगठन समन्वय संयन्त्रले जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरेको हो ।
संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
एमालेले सरकार छोडेको एक वर्ष पनि नभइ तेलको मूल्य तेब्बरसम्म बढ्नुले जनतालाई सास्ती दिएको निष्कर्षसहित आन्दोलनका लागि संगठन परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूको पनि उपस्थिति थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्