नेकपा एमाले म्याग्दे गाँउपालिका सभादलको नेतामा श्रीप्रसाद श्रेष्ठ चयन
काठमाडौँ । नेपाल कम्युनिष्ठ पार्टी(एमाले) म्याग्दे गाँउपालिका सभादलको नेतामा श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् ।
निर्वाचित जनप्रतिनिधिमध्ये जेष्ठ सदस्य टुकराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको पालिका सभादलबाट श्रेष्ठ दलको नेतामा चयन भएका हुन् । कार्यक्रमको प्रमुख अतिथीमा नेपाल कम्युनिष्ट पार्टी एमाले का केन्द्रिय सल्लाहकार सदस्य एकबहादुर राना रहेका थिए ।
यसैगरि निर्वाचित जनप्रतिनिधिको सभाबाट उपनेतामा टुकराज अधिकारी, प्रमुख सचेतकमा मणिभद्र वाग्ले, सचेतकमा सुनिता नेपाली, सचिवमा वसन्तकुमार श्रेष्ठ चयन भएका छन् । म्याग्दे गाँउपालिकामा नेकपा एमालेको तर्फबाट १५ जना जनप्रतिनिधिको प्रतिनिधित्व रहेको छ ।
भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि एकबहादुर रानाले जनमुखी काम गर्न निर्देशन दिएका थिए । जनताको सेवा प्रवाह र विकास निर्माणमा नेकपा एमालेको जनप्रतिनिधिले अगुवाई गर्नुपर्दछ ।
चुनावमा गरेको वाचालाई आत्मसात गरेर नै जनताको सेवामा लाग्नलाई समेत उनले आग्रह गरे र साथै पालिका भित्र नमुना वडाको अवधारणा ल्याएर त्यसको सफल कार्यन्वयनमा लाग्न समेत आग्रह गरे ।
नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाँउपालिकाका श्रेष्ठले जनताको विश्वास नगुम्ने गरि कामगर्ने प्रतिवद्धता व्यक्त गरे । हाम्रो उद्देश्य समृद्ध म्याग्दे गाँउपालिका निर्माण गर्नु हो ।
यसका लागि जनताको साथ सर्मथन लिएर नमुना गाउँपालिका बनाउने आफनो सपना रहेको वताए । भष्टाचार मुक्त र सुशासनयुक्त शासन प्रणाली आफनो अभिष्ट भएको हुँदा अविचलित रुपमा जनताको काम गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
जुनविश्वासका साथ जनताले आफूलाई निर्वाचित गरेका छन् त्यो विश्वास गुम्न नदिने उनले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेपाल कम्युनिष्ठ पार्टी एमाले, #श्रीप्रसाद श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्