देउवा सरकार आफ्नै कारणले ढल्दैछ: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् ।
बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँचदलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पार्दै सो कुरा बताएका हुन् । हिजो मंगलबार राजधानीमा आयोजित एक साक्षातकार कार्यक्रममा उनले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप समेत लगाएका छन् ।
उनले भने, ‘सरकारको बारेमा गम्भीर समीक्षा गर्न जरुरी छ । यो सरकार जनमतको कारण जन्मिएको होइन, यो परमादेशबाट जन्मिएको सरकार भएकाले यसबाट हामीलाई कुनै आशा र अपेक्षा थिएन । तर, जनतामा यो सरकारले केही गर्ला कि भन्ने भ्रम थियो । यो सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । यति धेरै बेथिति र भद्रगोल छ । मूल्यवृद्धि नेपालको इतिहासमा अहिले धेरै भएको छ । निर्माणको क्षेत्रमा पनि २५ प्रतिशतको दरले मूल्य बढेको छ । सरकारले घोषणा गरेका राहतका कार्यक्रम पनि सान्दर्भिक छैनन् । इण्डक्सन चुलोको कुरा गर्दा पनि यो खर्चिलो छ ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्