सैन्य गठबन्धनमा छैनौँ भनेर सरकारले अमेरिकालाई पत्र लेख्नुपर्यो : नेता रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकालाई नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर पत्र लेख्न सरकारलाई आग्रह गर्नुभएको छ ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) का बारेमा धारणा राख्दै उहाँले परराष्ट्र मन्त्री नारायण खड्कामार्फत सरकारलाई सो आग्रह गर्नुभएको हो ।
‘परराष्ट्र मन्त्रीले एसपिपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपिपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भइसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ, उहाँले भन्नुभयो, ‘अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ?’
एसपिपीका बारेमा अलग्गै संसदीय छानबिन समिति बनाएर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने रावलको माग छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्