जिसस पाल्पाको प्रमुख सहितका सबै पदमा एमालेका उम्मेदवार विजयी
पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुख सहितका सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
नेकपा एमालेको तर्फबाट टङ्क खनाल जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनुभएको छ ।
यस्तै, उपप्रमुखमा एमालेकी काशिका गैरे निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, सदस्यहरूमा बसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको छ ।
१० स्थानीय तह रहेको पाल्पा शुक्रवार समन्वय समितिका लागि निर्वाचन भएको थियो ।
समन्वय समितिको प्रमुखमा निर्वाचित खनालले ११ मत ल्याउनुभएको छ । खनालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका यमलाल तिमिल्सिनाले ९ मत मात्र ल्याउनुभएको थियो ।
यस्तै, एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित गैरेले ११ र निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले ९ मत मात्र ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #जिल्ला समन्वय समिति पाल्पा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्