जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा नेकपा एसका छिरिङ लामा विजयी

ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा नेकपा एसका छिरिङ लामा विजयी बन्नुभएको छ ।
गठबन्धनबाट उम्मेदवारी बन्नु भएको लामाले नेकपा एमालेका घनेन्द्र मादेनलाई पराजित गर्नु भएको हो । कुल १९ मतदाता रहेको जिल्लामा लामाले १० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मादेनले ८ मत प्राप्त गर्नुभएको थियो ।
नौ स्थानीय तह रहेको ताप्लेजुङमा नेपाली काँग्रेसका ६, नेकपा माओवादीका ५, नेकपा एसका १ गरी गठबन्धनका १२ जना मतदाता रहेको थिए । यता नेकपा एमालेको ६ मतदाता रहेपनि मादेनलाई ८ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ । समन्वय समितिको उपप्रमुखमा भने नेपाली काँग्रेसका कृष्णप्रसाद लिङखिम निर्विरोध चयन हुनुभएको छ ।
समितिका ७ सदस्यमा पनि गठबन्धनका सबै विजयी बन्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट चन्दकला दाहाल, सविता लिम्बु, हेमन्ता पौडेल र विष्णुकुमार तिवारी माओवादीबाट सन्तोष राई र भूपाल मादेन र नेकपा एसबाट रवीन्द्र कुमार वनेम चयन हुनुभएको छ ।
वनेम नेपाली काँग्रेसका भएपनि स्थानीय तहको निर्वाचनका क्रममा एसको चुवान चिन्ह कलमबाट निर्वाचित हुनुभएको थियो । मादेन भने समन्वय समितिको निवर्तमान प्रमुख रहनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जिल्ला समन्वय समिति ताप्लेजुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्