स्थानीय तहमा युवा आकर्षण , नबिन फुयाँल बने कान्छो उम्मेदवार
काठमाडौं। वैशाख ३० गते सम्पन्न हुनगइरहेको स्थानीय तहको निर्वाचनका निम्ति उम्मेदवारी मनोनयन गर्ने क्रममा युवाको उपस्थिति बाक्लो देखिएको छ ।
काठमाडौं महानगरदेखि देशभरका पालिकाहरुमा युवा उम्मेदवारको लर्को लागेको छ ।यहीँ क्रममा काठमाडौंको तारकेश्वर नगरपालिकामा २१ वर्ष पूरा भएर २२ वर्ष नवीन फुयाँलले वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन स्रोतबाट प्राप्त जानकारी अनुसार नवीन फुयाँल देशकै सम्भबत कान्छो उम्मेदवार बनेका छन् । तारकेश्वर नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा फुयाँलले सोही वडाबाट वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका फुयालको वडामा यो भन्दा अघिको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको वडाध्यक्ष विजयी भएका थिए ।
फुयाल ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न हुनुका साथसाथै नेपाली विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ प्रदेश ख कार्यसमितिको सभापति रहेका छन् ।
फुयाल अग्रज पुस्ता आशीर्वाद र युवा पुस्ताको साथ सहयोगमा जित्नेमा विश्वस्त देखिन्छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नबिन फुयाँल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्