Techie IT
बिहीबार, जेठ २,२०८२

स्थानीय तहमा युवा आकर्षण , नबिन फुयाँल बने कान्छो उम्मेदवार


 

काठमाडौं। वैशाख ३० गते सम्पन्न हुनगइरहेको स्थानीय तहको निर्वाचनका निम्ति उम्मेदवारी मनोनयन गर्ने क्रममा युवाको उपस्थिति बाक्लो देखिएको छ ।

काठमाडौं महानगरदेखि देशभरका पालिकाहरुमा युवा उम्मेदवारको लर्को लागेको छ ।यहीँ क्रममा काठमाडौंको तारकेश्वर नगरपालिकामा २१ वर्ष पूरा भएर २२ वर्ष नवीन फुयाँलले वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन स्रोतबाट प्राप्त जानकारी अनुसार नवीन फुयाँल देशकै सम्भबत कान्छो उम्मेदवार बनेका छन् । तारकेश्वर नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा फुयाँलले सोही वडाबाट वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका फुयालको वडामा यो भन्दा अघिको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको वडाध्यक्ष विजयी भएका थिए ।

फुयाल ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न हुनुका साथसाथै नेपाली विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ प्रदेश ख कार्यसमितिको सभापति रहेका छन् ।

फुयाल अग्रज पुस्ता आशीर्वाद र युवा पुस्ताको साथ सहयोगमा जित्नेमा विश्वस्त देखिन्छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नबिन फुयाँल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:13 am6:46 pm +0545