Techie IT
बुधबार, जेठ १,२०८२

काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ र उपमेयरका लागि ३१ जनाको उम्मेदवारी


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ र उपमेयर पदका लागि ३१ जनाले उम्मेदवारी दिएका छन् । मेयर पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ जनाले दलको तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका छन् । मेयर पदका लागि उम्मेदवारी दिनेमध्ये आठ जना महिला रहेका छन् ।

उपमेयरमा उम्मेदवारी दिने ३१ मध्ये १२ जनाले दलको तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । उम्मेदवारमध्ये १२ जना महिला छन् । आसन्न निर्वाचनको लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मनोनयनको पहिलो दिन ११ गते मेयरका लागि १६ जनाले र उपमेयरका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।

काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौंका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् ।


क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545