जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय

दमौली । नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको आज सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो ।
कांग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने बैठकले निष्कर्ष निकालेको छ । ‘कांग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मतभारका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रह्यो’, जिल्ला सचिव लक्ष्मीभक्त खनालले भने । सत्तारुढ दलको गठबन्धनले यस अगाडि तनहुँमा पटक–पटक बैठक गरी निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । गठबन्धनको बैठक आइतबार पुनः बस्दैछ ।
विसं २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख, उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्