Techie IT
मंगलबार, वैशाख ३०,२०८२

बहुमतले चुनाव जितेर एमालेले फेरि पाँँच वर्ष सरकार चलाउँछ : ओली


लमजुङ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे ।

जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्‍याए ।

जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पु¥याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545