कांग्रेसको चुनावी घोषणा पत्र विभिन्न भाषामा छाप्न काफ्लेको माग
नेपाली कांग्रेसमा स्थानीय तह चुनावका लागि तयार पारिने घोषणा पत्र विभिन्न भाषामा छाप्न माग भएको छ।
केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको निर्वाचन परिचालन समिति बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न भाषामा घोषणा पत्र छाप्न माग गरेका हुन्।
बिहीबार सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले घोषणा पत्र नेपाली भाषामा मात्रै छापिने गरेको भन्दै यसपालि मैथिली, भोजपुरी, नेवारी, तामाङ लगाएत भाषामा छाप्न माग गरेका हुन्।
‘पार्टीले चुनावी घोषणा पत्र नेपालीसहित नेवारीलगायत विभिन्न भाषामा छपाइ गर्नुपर्छ,’ काफ्लेले भने, ‘नेपाली भाषामा मात्रै छपाइ गर्दा विभिन्न भाषा बोल्ने समुदायमा बुझ्न कठिनाइ भएको पाइएको छ।’
उनले सकेसम्म पूरै नसकेमा घोषणा पत्रको सारांश भने पनि विभिन्न भाषामा छपाइ गर्न माग गरेका छन्। सभापति शेरबहादुर देउवाले चुनावी घोषणा पत्र बनाउने समिति संयोजकमा महामन्त्री गगन थापालाई तोकेका थिए।
कांग्रेसले केन्द्रबाट चुनावी घोषणा पत्र र स्थानीय तहमा वडा तथा पालिकाहरूमा प्रतिवद्धता पत्र बनाउने तयारी गरेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कुन्दनराज काफ्ले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्