Techie IT
आईतबार, वैशाख २८,२०८२

गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि प्रचण्ड आज चितवन जाँदै


काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । उनले चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि अध्यक्ष दाहालले भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् । निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको हो ।

चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ । तर, गत शुक्रबारदेखि शसुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले भने गठबन्धन गरेरै निर्वाचनमा जाने निर्णय मंगलबार गरेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:14 am6:45 pm +0545