सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन् : अध्यक्ष ओली

चन्द्रौटा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन् । कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे ।
नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनले आरोप बताए । शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले बताए ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । आजै एमालेमा प्रवेश गरेका सांसद वृजेशकुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको उल्लेख गरे ।
सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्ता, पूर्वउपप्रमुख वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष सुदीप पौडेल, वडा नं ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका–६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका–८ अध्यक्ष साहबुद्दिन मुसलमानलगायत एमालेमा प्रवेश गरेका थिए ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्