एमालेमा आगामी महाधिवेशनमा गुट–उपगुट हुँदैन: योगेश भट्टराई

मंसिर । नेकपा एमालेका सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले अब पार्टीमा कुनै पनि गुट–उपगुट नरहने बताएका छन् ।
आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गर्दै उनले अब पार्टीको एउटै लक्ष्य सूर्य चिह्नको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने भएकाले गुट–उपगुटको खेलो गर्न नहुने बताएका हुन् ।
काठमाडौंमा आज शुक्रबार भएको एक साक्षातकार कार्यक्रममा उनले भने, ‘यो पटक पार्टीमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने हो । हामी त्यही अनुसार अघि बढेका छौं । यदि सर्वसम्मत भएन भने पार्टीमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने छूट हरेक प्रतिनिधिलाई छ ।’
सर्वसम्मत नभएको स्थितिमा २ हजार २०० जना महाधिवेशन प्रतिनिधिहरूमध्ये हरेकलाई प्रतिस्पर्धा गर्ने छूट रहेको उनको भनाइ छ । ‘हरेकले त्यो अधिकार प्रयोग गर्न पाउनुहुछ । यो विधानतः अधिकार प्राप्त छ । तर, हाम्रो मिशन भनेको एमालेमा यो पटक सर्वसम्मत नेतृत्व चयन गर्ने हो । सहमतिमार्फत नेतृत्व चयन हुन्छ भन्ने म विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।
पार्टीले सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्न सकेको खण्डमा एमालेको भावी अध्यक्ष पनि केपी शर्मा ओली नै भएको नेता भट्टराईको दाबी छ । ‘नेतृत्व सर्वसम्मत हुँदा केपी ओली नै अध्यक्ष हो । नेतृत्वमा सहमति भएन भने कसैले पनि उम्मेदवारी दिन सक्छ, अब पार्टीमा गुट–उपगुट हुँदैन,’ उनले भने ।
क्याटेगोरी : राजनीति
ट्याग : #योगेशकुमार भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्