एमाले दोस्रो तहका नेताहरु एकताको पक्षमा
काठमाडौँ । दोस्रो तहका नेताहरु एमाले एकताको पक्षमा उभिएपछि माधव नेपाल एक्लिदै जान थालेका छन् । पछिल्लो समय भीम आचार्य, योगेश भट्टराई योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्ट एकताको पक्षमा लागेपछि नेपालपक्षका जगन्नाथ खतिवडा,डा. बिजय पौडेल, रामकुमारी झाँक्रीसहितका नेताहरु एकता भाड्ने अभियानमा लागेका छन् ।
माधव नेपालले नयाँ पार्टी गठन गरे दोस्रो तहका नेताहरु नेकपा एमालेभित्रै संघर्ष गरेर अगाडि बढ्ने सोचमा छन् । प्रदेश नं १ बाट भीम आचार्यले पार्टी एकता टुट्न नदिने बताइसक्नु भएको छ । पार्टीबाट अलग्गिएर होइन अब हामी एमालेमै रहेर संघर्ष गर्ने पक्षमा अभिएका छौ, नेता आचार्यले भन्नुभएको छ, ठूलो त्याग र संघर्ष गरेको पार्टीलाई विभाजनबाट बचाउनुपर्छ । माधव समुहले एकताको नाटक मात्रै गरेको र पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा उभिएपछि धेरैले माधव नेपालको साथ छाडेका छन् ।
नेता नेपालले विपक्षी दललाई साथ दिएर अगाडी बढ्ने अडान लिएपछि दोस्रो तहका नेताहरुले उनको साथ छाडेका छन् । नेता नेपाल अहंकार, दम्भ, इगो र लगुताभाषमा फसेर आफ्नै पार्टी र सुनौलो इतिहास मेटाउने काममा उद्दत भएकाले आफूहरुले उनको साथ छाड्न लागेको नेपाल समूहका एक नेताले बताउनुभयाे । पार्टी एकता कायम राख्नका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले एक कदम पछाडि फर्केर २ जेठ २०७५ कै अबस्थाको पार्टी संरचना हुने उद्घोष गर्दा समेत सहमतिमा नआउनुले उहाँ एकताको पक्षमा नभएको आफूहरुलाई आभाष भएको ति नेताले बताउनुभयो । २ जेठ २०७५ को पुरानै अबस्था बैठक बस्ने भन्दा पनि असहमत देखिनु भनेको जसरी हुन्छ एकता कायम नहोस् भन्ने चाहना नेता नेपालमा देखियो, ति नेताले भन्नुभयो ।
नेता नेपालको अबको एजेण्डा नयाँ पार्टी गठन गर्ने र विपक्षी दलसँग मिलेर अघि बढ्ने देखिन्छ । नयाँ पार्टी गठनको केही समयपछि माओवादी केन्द्रसँग पार्टी एकताको नाममा विलय हुने संकेत समेत देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पटक पटकको गोप्य भेटवार्तामा समेत माधव नेपालले बाम गठबन्धनका लागि पहिला नयाँ पार्टी गठन गरेर अगाडी बढ्ने संकेत दिएका छन् । माओवादीसँग मिलेर जाने माधव नेपालको अडानका कारण उनको समूहमा लागेका दोस्रो तहका अधिकांश नेताहरुले साथ छोडिसकेका छन् ।
नेपाल समूहबाट सबैभन्दा पहिला नयाँ दल खोल्नु हुँदैन भनेर आवाज उठाउने योगेश भट्टराईका विरुद्ध नयाँ दल खोल्नुपर्छ भन्नेहरुले आन्तरिक संघर्ष गर्नु भन्दै आफ्नो समूहमा धारणा राख्न थालेका छन् । नेपाल समूहमा अहिले जगन्नाथ खतिवडा, डा. विजय पौडेलसहित राजेन्द्र राई, यज्ञराज सुनुवार, रामकुमारी झाँक्रीसहितका नेताहरु हुनुहुन्छ । अलग पार्टी बनाएर कांग्रेस र माओवादीलाई बलियो बनाउनुपर्ने उहाँहरुको अभियान छ ।
वरिष्ठ नेता झलनाथ खनालले दिल्ली जाने दिन विज्ञप्ति जारी गरी विगतका सबै कुरा बिर्सिएर पार्टी एकता गर्न आह्वान गरेलगत्तै माधव नेपाल समूहले आपत्ति जनाएको थियो । पार्टी एकताका लागि नेता खनालको विज्ञप्ति आएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले नेता नेपालसँग टेलिफोन वार्ता गरेका थिए । नेता नेपालले आफूहरु केपी शर्मा ओलीसँग पार्टी एकता गर्ने पक्षमा नरहेको बताउँदै आश्वस्त पारेको स्रोतले बतायो ।
क्याटेगोरी : राजनीति
ट्याग : ##एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्