पार्टी एकताको पक्षमा नेकपा सुदूरपश्चिम

काठमाडौँ, १७ साउन ः नेकपा सुदूरपश्चिमका नेता पार्टीलाई पार्टीलाई थप शसक्त, बलियो बनाउन पार्टी नेता कार्यकर्ताहरुले आआफ्नो ठाउँबाट दवाव दिन निर्देशन दिएको छ ।
काठमाडौमा भएका भेलाले पार्टी जनताको जनमतबाट अघि बढ्नुपर्ने पार्टीलाई थप वलियो बनाउन सवैले दवाव दिनुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी स्थायी समिति सदस्य एवम् उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सूदुरपस्चिम प्रदेश कमिटी अध्यक्ष एवम पूर्वमन्त्री कर्ण थापा, प्रदेश कमिटीका सह इन्चार्ज एवम् पुर्ब मन्त्री भानुभक्त जोशी सुदुर पश्चिम प्रदेशका संघ, प्रदेशका माननीय, पार्टी केन्द्रीय सदस्यहरु, प्रदेश सरकारका आर्थिक मामिला मन्त्री झपट बोहोरा, काठमाडौमा उपलब्ध प्रदेश समितिका सदस्यहरु पार्टीका जनबर्गिय मोर्चाका प्रतिनिधिको समेत भेलालले समसामयिक राजनीति परिस्थिति, पार्टी भित्र देखा परेका समस्या र समाधानका विषया गम्भीर छलफल गर्दै पार्टीलाई थप शसक्त ,बलियो बनाउन पार्टी नेता कार्यकर्ताहरुले आआफ्नो ठाउबाट नेतृत्वलाई सकारात्मक दवाव दिनुपर्नृ निष्कर्ष निकालेको हो ।
भेलामा सूदुरपश्चिमका विभिन्न क्षेत्रमा बाढिपहिरोबाट भएको जनधनको क्षति र पारेको प्रभाव, कोभिड (१९ को नियन्त्रण र यसबाट बच्नका लागि अपनाउननु पर्ने सावधानी लगायतका विषयमा छलफल भएको थियो ।
भेलामा आपूर्ति मन्त्री भट्टले सूदुरपश्चिमका विभिन्न जिल्लामा बाडी पहिरोको कारणले जनजीवनमा पारेको प्रभाव त्यसलाई न्यूनीकरण गर्न क्षेती हुनबाट जोगाउन आम नेता कार्यकत्रालाई उद्दारमा जुट्न निर्देशन दिनुभयो ।
उहाँले आज बिहान मात्रै ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग कुरा गर्दै उद्धारमा जुट्न आवश्यक जनशक्ति परिचालन गरि राहतको ब्यवस्थापन गर्न समेत निर्देशन दिनुभयो ।
उद्धार र राहतका कार्यक्रम सुदूरपश्चिम लैजानका लागि मन्त्री भट्टले गृहमन्त्री रामवहादुर थापा वादललाई समेत भेट्नु भएको थियो ।
सम्पूर्ण जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा जान र आवश्यकता जनशक्ति परिचालन गरि संयोजन गर्न उहाँले निर्देशन दिनुभयो ।
उहाँले अहिले पार्टीमा देखा परेका समस्या समाधान गर्न सवै एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले पार्टी एकतालाई जोगाउन नेतृत्वलाई सहि सुझाव दिन र पार्टीमा देखा परेका समस्याहरुलाई हल गर्ने, पार्टी एकता पनि पूर्ण रुपमा टुंगि नसकेको फुटमा हैन जुटमा नै बल पुर्याउनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री भट्टले आमजनता नेता कार्यकताको चाहन पनि सिङ्गो पार्टी एकताबद्ध भएको देख्न चाहेको उल्लेख गर्दै यसमा नै नेता कार्यकताको भबिष्य समेत जोडिएकोले सहमतिका आधारमा अध्यक्ष द्वयले पार्टीको समस्या सुल्झाउनुपर्ने बताउनुभयो ।
पार्टी अल्पमत र बहुमतका आधारमा नभनि सहमतिका आधारमा दुवै अध्यक्ष अघि बढ्नुपर्ने र यहि म्याण्डेड अनुरुप एकताको महादिबेशन सम्म दुई अध्यक्षको सहमति आवश्यक रहेको बताउनुभयो ।
उहाँले फुट हैन एकतामा नै सबैको भबिस्य रहेको यसको लागि आफू निरन्तरता लागिपरेको उल्लेख गर्दै आफू गुट हैन एकताको पक्षमा रहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
ट्याग : #आपूर्ति मन्त्री लेखराज भट्ट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्