‘नेपाली जनताका वास्तविक दुस्मन बाबुराम र बिप्लवहरु हुन’ : ऐन महर

काटमाडौं जेठ ११ः सामाजिक सञ्जाल फेसबुकमा नेकपा निकट विद्यार्थी संगठनका अनेरास्ववियुका संयोजक ऐन महरले समाजिक सञ्जाल फेसबुकमार्फत पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेत्र बिक्रम चन्द विप्लवलाई जनताका दुस्मन भनी लेखेका छन्।
हत्या हिंसाको माध्यमबाट समाजलाई आतंकित बनाउने, मान्छे मार्ने, धम्की दिने, जबर्जस्ति चन्दा उठाउने र जनताको अमनचयन खलबल्याउने कामको नेतृत्व बिप्लव समुहले गरिरहेको उनको आरोप छ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गर्दै उनले लेखेका छन्, “अहिले मुलुक हाम्रो भुमिको रक्षाको लागि राष्ट्रियताको लडाई लडिरहेको बेला केही गद्धार दलाल राष्ट्रघातीहरु राष्ट्रिय एकता खलबल्याउने र राष्टृयताको लडाँईको नेतृत्व गरिरहेको सरकारलाई कमजोर बनाउन अनेक हर्कत गरिरहेका छन्।”
प्रिय साथिहरु(समर्थक,आलोचक र बिरोधी सबै) एकपटक ध्यान दिएर पढ्न अनुरोध गर्दछु :
अहिले हाम्रो देश र राजनितीको दुइटा बिचार र प्रवृत्ति सबै भन्दा घातक हुन।
पहिलो :नेपाली जनताको लामो संघर्ष बलिदानी पस्चात देशमा राजनितिक पतिवर्तन भएको छ।नेपाली जनताले चाहेको शान्ति स्थापनाको सुनिस्चितता भएको छ। लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ। जनताका मौलिक अधिकारहरु स्थापित भएका छन। अब नेपाली जनता शान्ती र लोकतान्त्रिक गणतन्त्रको जगमा सुख र समृद्धि प्राप्त गर्न चाहन्छन। हो हामिले नेपाली जनताको यहि चाहना र भावनाको नेतृत्व गर्नु पर्दछ। तर हत्या हिंसाको माध्यम बाट समाजलाई आतंकित बनाउने मान्छे मार्ने धम्की दिने जबर्जस्ति चन्दा उठाउने र जनताको अमनचयन खलबल्याउने कामको नेतृत्व बिप्लव समुहले गरिरहेको छ। साथै जनताका प्राप्त अधिकारहरुलाई उग्र क्रान्तिकारिताको नाममा मास्न खोज्ने दुस्साहस पनि बिप्लव समूह बाट भैरहेको छ। यो प्रवृत्तिले नेपाली जनताको शान्ती र लोकतान्त्रिक गणतन्त्रको जगमा सुख र समृद्धि प्राप्त गर्ने चाहनालाई अबरोध गरेको छ।
दोस्रो: अहिले मुलुक हाम्रो भुमिको रक्षाको लागि राष्ट्रियताको लडाई लडिरहेको छ।जब राष्ट्रियताको लडाई लड्ने बेला आउँछ त्यति बेला मुलुक संग आधारभुत रुपमा दुइटा कुराको आवस्यकता पर्दछ। पहिलो राष्ट्रिय एकता र दोस्रो बलियो सरकार । अहिले हामिले यी दुइटै कुरा प्राप्त गरेका छौं र हामीसँग प्रशस्त मात्रामा ऐतिहासिक तथ्य र प्रमाणहरु पनि उपलब्ध छन। तर यस्तो बेलामा केही गद्धार दलाल राष्ट्रघाती हरु राष्ट्रिय एकता खलबल्याउने र राष्टृयताको लडाँईको नेतृत्व गरिरहेको सरकारलाई कमजोर बनाउन अनेक हर्कत गरिरहेका छन। खासगरी बाबुराम भट्टराई हरु आज यो देश प्रती गद्धारी गरिरहेका छन। कहिले भारतलाई चिड्याउनु हुन्न भनेर त कहिले भुमी मात्र राष्ट्र होइन भनेर भारतको दलाली खुल्लेआम गरिरहेका छन। यो प्रवृत्तिले नेपाली जनताको राष्ट्रियताको भावनामा आंच पुर्याएको छ।
यो तथ्यले के पुष्टि गर्छ भने नेपाली जनातका वास्तविक दुस्मन बाबुराम र बिप्लवहरु हुन। यतिबेला राष्ट्रियताको लडाईको यस घडिमा सबैभन्दा ठूलो दुस्मन बाबुराम भट्टराई प्रवृत्ति हो। त्यसैले यी देशद्रोही लाई हामिले बेलैमा चिन्नु पर्छ र यिनको भण्डाफोर गर्नुपर्छ।
राष्ट्रियताको लडाई लडिरहनुभएको देशको शिर ठाडो पारेको नेपाली हुनुमा र अझ उहाँको पार्टिको कार्यकर्ता हुनुमा गौरव बोध भैरहेको बखतमा सम्माननिय प्रधानमन्त्री केपि ओलिको बिरुद्धमा मुर्दावाद भन्दै नारा लगाउने र अझ बिरामी छन भन्ने थाहा हुँदा हुँदै पुत्ला जलाउने मनुवाहारुले संस्कार र स्कुलिङ्ग को पाठ सिकाउँदा ती शब्दहरुलाई पनि लाज लागिरहेको होला। देशभक्त राष्ट्रवादी लाई सलाम गर्नु पर्छ!देशको पक्षमा लडाई को नेतृत्व गर्नेलाई सम्मान गर्नु पर्छ भन्ने संस्कार छ हामी संग। संगसंगै देशद्रोही राष्ट्रघाती हरुलाई घृणा गर्नु पर्छ र त्यस्तालाई तिरस्कार गर्नु पर्छ भन्ने उच्च संस्कार छ हामी संग।यहि हो हाम्रो स्कुलिङ पनि देशभक्त राष्ट्रको छोरो केपि ओलिको स्कुलिङ छ हामी संग जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारिको स्कुलिङ र संस्कार छ हामी संग देश र जनता नै सर्बोपरी हो र आवस्यकता परे यसका लागि बलिदान दिन पछि हट्नुहुँदैन भन्ने स्कुलिङ र संस्कार छ हामी संग। यदि नामको अगाडी डाक्टर लेखेर बौद्धिक भैन्छ र त्यो बौद्धिकताले राष्ट्रघात गर्छ भने हामिलाई त्यस्तो राष्ट्रघाती बौद्धिक हुनुछैन बरु अरिंगाल रुपि देशभक्त हुनु मञ्जुरी छ।
कतिपय साथिहरुलाई नेतृत्व संग के सिक्ने हो भन्ने चिन्ता भएको रहेछ फेरि दोहोर्याएर भन्छु राष्ट्रका लागि लड्न र मर्न तयार हुने, राष्ट्रभक्त हरुलाई सलाम र सम्मान गर्ने र देशद्रोही गद्धार दलाल हरुको भण्डाफोर गर्ने यस्ता गद्धारहरुलाई घृणा गर्नुपर्छ भन्ने कुरा सिक्न म बिनम्रतापुर्वक अनुरोध गर्दछु।
राजनितमा प्रेम र सम्बन्ध :
यहि बेला राजनितिमा प्रेम र सम्बन्धको बारेमा केही भन्नू वाञ्छनीय ठानेको छु ।
जब बिबाहित जोडि लामो समयको प्रेम र सम्बन्ध पछि बिचार व्यवहार शैली सबैमा एकरुपता ल्याउन नसकेपछी सम्बन्ध बिच्छेदको निश्कर्षमा पुग्छन र सम्बन्ध बिच्छेद गर्छन।यो अवस्था राम्रो त होइन तर यसले अहिले कानुनी मान्यता प्राप्त गरेको छ र सम्बन्ध बिच्छेद पछि नयाँ सम्बन्धको बाटो खुल्छ। जब नयाँ सम्बन्ध गास्न पुग्छन पहिलो सम्बन्ध बाट सिकेर दोस्रो सम्बन्ध बलियो बनाउने प्रण गर्छन। यदि दोस्रो सम्बन्ध बलियो बनाउने हो भने त्यस सम्बन्ध प्रती इमानदार हुनु पर्छ र प्रेम पनि गर्नु पर्छ। सम्बन्ध दोस्रो बलियो बनाउन खोज्ने अनि प्रेम पुर्व पति वा पत्निलाई गर्ने कुरा किमार्थ दोस्रो सम्बन्ध बलियो बनाउने आधार हुन सक्दैन र यसलाई बेइमानी भनिन्छ।
त्यसैले म अनुरोध गर्छु कि अहिलेको सम्बन्धलाई बलियो बनाऔं यो सम्बन्धलाई नै प्रेम गरौ बाबुराम र बिप्लवलाइ बिर्सौं त्यो अतीत हो नेकपालाई सम्झौ यो बर्तमान हो र नेकपालाई बलियो बनाऔं। धन्यवाद !
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्