१७ जना निको भई घर फर्किए, आज नयाँ संक्रमित १९ थपिए
काठमाडौँ, ११ जेठ : नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण आज थप १९ जनामा देखिएको छ ।
यसैगरी कुल संक्रमित हुने व्यक्तिको संख्या ६०३ जना रहेका छन । जसमध्ये पुरुष ५३२ र महिला ७९ जना रहेका छन् ।
नयाँ संक्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरग) वाह्दशी ३ का ४५ बर्षीय पुरुष रहेका छन् ।
यसैगरी राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वारा कलैयाका ३२ बर्षीय पुरुष, विरगंज २५ बर्षीय पुरुष, पर्सा घर ठेगाना भएका वारामा कार्यरत ३४ बर्षीय पुरुष, पर्साका नागवाका ६० बर्षीय पुरुष, रौतहट स्थायी ठेगाना कलैयामा कार्यरत ३२ बर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ बर्षीय पुरुष, रुपन्देही सम्मारिमाईका दुई जना पुरुष क्रमश ः ४० र ५० बर्षका पुरुष, रुपन्देही १ का ३२ बर्षीय पुरुष, काठमाडौ सोह्रखुट्टेका ६९ बर्षीय पुरुष, नुवाकोट ककनीका ३९ बर्षीय पुरुषमा संक्रमण देखिएको उहाँले बताउनुभयो । नुवाकोटमा पहिला पटक संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमिति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरगं, पर्सा, रौटहट, काठमाडौ, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन । उहाँका अनुसार संक्रमित जिल्ला ४२ पुगेका छन् ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिका २३, ३० र ४० बर्षीय पुरुष, कपिलबस्तु खैरापुरका ३ का ३५, ३७ र ५२ बर्षीय पुरुष रहेका छन् । यसैगरी गुल्मी मदाने गाउँपालिका ३१ बर्षीय पुरुष गरी कुल १९ जना संक्रमण देखिएको छ ।
नयाँ संक्रमितहरुको कन्ट्याक्ट टेसिगको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशााखाले गरिरहेको उहाँले बताउनुभयो ।
प्रदेश नंं १ मा सात जिल्लाका ८६ जनामा, प्रदेश नंं २ मा आठै जिल्लाका १७९ जना, वागमती प्रदेशमा एघार जिल्लाका १४ जना, गण्डकी प्रदेशमा तीन जिल्लाका पाँच जना, प्रदेश नं. ५ को सात जिल्लाका २८१ जना, कर्णाली प्रदेशका दुई जिल्लाका चार जना र सुदूरपश्चिम प्रदेशका चार जिल्लाका १४ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।
कुल ८७ जना डिस्चार्ज
प्रवक्ता डा. देवकोटाले अहिलेसम्म ८७ जना डिस्चार्ज भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार नारायणी अस्पताल उपचार रहेका सात जना र वुटवल धागो कारखानामा रहेका १० जना गरी आजै मात्र १७ जना डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका वारा, पर्सा र रौतहटका २४ देखि ५१ बर्षका पुरुष रहेका छन् ।
प्रदेश नं. १ मा २६ जना, प्रदेश नं. २ मा १३ जना, वागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश नं. ५ मा ३२ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना डिस्चार्ज भएका छन् ।
शुक्रबार एकै दिन नेपालगंजमा २१ जना डिस्चार्च भएका थिए ।
अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको जनाइएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्