टोखाका २४ व्यक्तिको स्वाव परीक्षणको नतिजा नेगेटिभ ,शिल गरिएको गोँगबु क्षेत्र खुकुलो
टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा गरिएका २४ व्यक्तिको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सीना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएपछि टोखामा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका–९ बुद्धमार्गमा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको जानकारी दिनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ देखिएको छ”, उहाँले भन्नुभयो ।
टोखा नगरपालिका–९ बुद्धमार्गका २४ जनाको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएसँगै शनिबार रातिदेखि शिल गरिएको गोँगबु क्षेत्रलाई बन्दाबन्दी खुकुलो बनाइएको छ ।
टोखाले स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएकाले नडराइकन सम्यमता अपनाइ लकडाउनको पूर्ण पालना गर्न नगरबासीलाई आग्रह समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #स्वाब सङ्कलन
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्