उपत्यकासहित थप २७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४०२

काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि गरेको छ ।
थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्