संखुवासभा कांग्रेस जिल्ला अधिवेशन तयारी समिति गठन
काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले संखुवासभा कांग्रेसको जिल्ला अधिवेशन तयारी समिति संयोजक र सह – संयोजक मनोनयन गर्नुभएको छ ।
डा. कोइरालाले जिल्ला उपसभापति रामकुमार जिमीलाई तयारी समिति संयोजक र महासमिति सदस्य उमेश चौहानलाई सह – संयोजक मनोनयन गर्नुभएको हो । जिमी तत्कालीन क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा चौहान तत्कालीन क्षेत्र नं. १ का क्षेत्रीय सभापति हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संखुवासभाका लागि केन्द्रीय प्रतिनिधि पूर्वमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा बसेको जिल्ला कार्यसमिति संखुवासभाको बैठकले जिमी र चौहानको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको थियो । जिल्ला कार्यसमितिको सिफारिसका आधारमा केन्द्रीय प्रतिनिधि खड्काले गरेको सिफारिसमा डा. कोइरालाले उहाँहरूलाई मनोनयन गर्नुभएको हो ।
यसैबीच, केन्द्रीय प्रतिनिधि खड्काले नेपाल तरुण दल संखुवासभा जिल्ला संयोजकमा थमन गुरुङलाई मनोनयन गर्नुभएको छ ।
गत साउन २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेला तथा सम्मेलनको निर्देशनअनुसार भदौ १३ र १८ गते बसेको १५औँ महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको थियो ।
स्वीकृत कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २५ गते प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ । त्यस्तै, मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका दुवै पक्षबाट सार्वजनिक भएपछि जिल्लादेखि वडा तहसम्म समानान्तर गतिविधि सुरु भएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन सम्पन्न गराउनुपर्ने वैधानिक दायित्व रहेको दाबी दुवै पक्षको पत्राचारमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #१५ औ महाधिवेशन, #hot, #कांग्रेस नेता दिपक खड्का, #नेपाली कांग्रेस, #शेरबहादुर देउवा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्