काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर
काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा वायु प्रदूषण तीव्र रूपमा बढेको छ। मंगलबार दिउँसो १ बजेको मापन अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा पुगेको हो ।
एयर क्वालिटी इन्डेक्स अनुसार काठमाडौंको प्रदूषण स्तर १९५ पुगेको छ, जुन स्वास्थ्यका लागि ‘अति अस्वस्थकर’ मानिन्छ। उपत्यकाभित्र सबैभन्दा बढी प्रदूषण लाजिम्पाट क्षेत्रमा देखिएको छ, जहाँ एक्यूआई २२६ पुगेको छ। यस्तै रानीबारीमा १९६ र क्षेत्रपाटीमा १८८ मापन गरिएको छ।
उपत्यका बाहिर कर्णाली प्रदेशको वीरेन्द्रनगरमा एक्यूआई २३२ र सुदूरपश्चिमको धनगढीमा २०९ पुगेको छ। अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार भारतको दिल्लीमा एक्यूआई २४७ रहेको छ।
विज्ञहरूका अनुसार हावा नचल्नु, उद्योग, सवारीसाधन, इँटाभट्टा तथा छिमेकी देशबाट आउने धुवाँका कारण प्रदूषण बढेको हो। वर्षा र हावाको बहाव बढेपछि आगामी दिनमा वायुको गुणस्तरमा सुधार हुन सक्ने अनुमान गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्